स्थानीय निर्वाचन : देशभर उम्मेद्वारी दर्ता शुरु

0

काठमाडौं : यही वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनका लागि देशभर उम्मेद्वारी दर्ता प्रक्रिया जारी छ ।  

निर्वाचन आयोगले आइतबार र सोमबार  दुई दिन उम्मेद्वारी दर्ताको मिति तोकेको छ । आइतबार  बिहान १० बजेदेखि उम्मेद्वारी दर्ता गर्न शुरू गरिएको निर्वाचन आयोगले जनाएको छ । 

देशभरका ७५३ वटै स्थानीय तहमा उम्मेद्वारी दर्ता गर्न थालिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । 

उम्मेद्वारी मनोनयन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । दुई दिन  बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको आयोगको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.