काठमाडौंको मेयर लड्न केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

0

काठमाडौं : बागमती प्रदेशसभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । 

काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेद्वार बन्ने भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन् । 

आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष स्थापितले राजीनामा दिएका हुन् । 

काठमाडौँ महानगरमा यो पटक एमालेले स्थापितलाई मेयरमा उठाउने भएको हो । प्रदेशको पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका उनी काठमाडौं महानगरपालिकाको दोस्रोपटक मेयरमा उम्मेदवारी दिन लागेका हुन् । 

निर्वाचनमा महानगरमा एमाले र सत्तारुढ गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

Leave A Reply

Your email address will not be published.