१६ औँ लोकतन्त्र दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

0

काठमाडौं : १६ औँ लोकतन्त्र दिवस आइतबार विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।

२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेको दिनको स्मरणमा यो दिवस २०६४ देखि मनाउन थालिएको हो ।

तत्कालीन विद्रोही माओवादी र संसदीय दलको आह्वानमा भएको १९ दिने जनआन्दोलनपछि मुलुकमा लोकतन्त्र बहाली भएको हो ।

राजाविरूद्ध आन्दोलनरत सात दल र माओवादीबीच १२ बुँदे समझदारी भएपछि संयुक्त आन्दोलन भएको हो ।

पुनःस्थापित संसदले राजाको अधिकार कटौती गर्नुका साथै माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो ।

यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित भएको हो ।

Leave A Reply

Your email address will not be published.