एमालेले काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उठाउने

0

काठमाडौं : नेकपा एमालेले स्थानीय निर्वाचनका लागि मेयरमा र उपमेयरका उम्मेद्वारको टुंगाे लगाएकाे छ ।

शनिबार बसेको सचिवालय बैठकले उम्मेद्वारको टुंगो लगाएको हो ।

बैठकले काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

त्यस्तै एमालेले ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारबगीलाई उम्मेद्वार बनाइएको छ ।

विराटनगर महानगरमा भने उम्मेद्वार टुंगो लगाउने बाँकी छ । यस्तै, तालमेलका कारण वीरगन्जको उपमेयर र भरतपुरको उपमेयरमा नाम खाली राखिएको छ ।

Leave A Reply

Your email address will not be published.