संशोधन प्रस्तावबारे शीर्ष दलको साझा धारणा बन्ने

0

संविधान विधेयकमाथि साझा संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरिरहेका प्रमुख दलहरूले आज ठोस धारणा बनाउनका लागि छलफल गर्दैछन् । प्रधानमन्त्री निवासमा आज बस्ने बैठकमा असन्तुष्ट थरूहट तथा मधेसी समुदायको माग सम्बोधन गर्ने गरी संविधानको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नका लागि छलफल हुनेछ । शुक्रबार बसेको बैठकमा दलहरुले छलफल गरेपनि ठोस निर्णय हुन नसकेपछि आजको बैठकले ठोस धारणा बनाउने दलहरुको भनाइ छ ।
हिजोको बैठकमा असन्तुष्टका माग सम्बोधनका लागि विषयमा थारु, आदिवासी जनजाति, मुस्लिम आयोग गठन गर्ने तथा थारु बाहुल्य क्षेत्रलाई विशेष स्वायत्त क्षेत्र घोषणा गर्ने विषयमा छलफल भए पनि सहमति भने भइसकेको छैन । दुई तिहाइ विधेयकमार्फत असन्तुष्ट पक्षको माग पुरा गर्न प्रमुख दलहरुले साझा संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेका छन् ।
असन्तुष्ट दलहरुसँग वार्ता र छलफल भए पनि ठोस सहमति भइनसकेकाले दलहरु उनीहरुको माग सम्बोधन हुने गरी संशोधन प्रस्ताव दर्ता गराउने तयारीमा लागेका हुन् । ७ प्रदेशसहितको संविधानको विधेयक संविधानसभामा पेश भएर प्रक्रिया अघि बढेसँगै थरुहट तथा मधेसी मोर्चाहरु आन्दोलनमा छन् । आन्दोलनमा उठेका सवै माग अहिले नै संवोधन गर्न नसकिए पनि मुख्य मुख्य मागहरु संवोधन गर्ने र बाँकी पछि संविधान संशोधन गर्ने गरी संविधान जारी गर्ने तयारी नेताहरुको छ ।

Leave A Reply

Your email address will not be published.