नेपालगन्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी

0

नेपालगन्ज, १९ भदौ । ढुंगा प्रहारबाट मोटर साइकल यात्रीको निधन भएपछि बाँके जिल्ला प्रशासनले नेपालगन्जमा लगाएको अनिश्चितकालीन निषेधाज्ञा जारी छ । शुक्रबार राती ९ बजेदेखि प्रशासनले नेपालगन्ज उप–महानगरपालिकाका अधिकांश स्थानमा निषेधाज्ञा जारी गरेको हो । उप–महानगरपालिकाको रांझा चोकदेखि दक्षिण जमुनाहासम्म, पूर्वमा फुल्टेक्रादेखी पश्चिममा नन्दनी मिलसम्म निषेधाज्ञा लगाइएको हो ।
धार्मिक कार्यक्रममा भने निषेधाज्ञाले असर नपुर्‍याउने पनि स्थानीय प्रशासनले स्पष्ट पारेको छ । बाँकेको प्रिपरहवा चोकमा आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागेर भे ५ प ८२५० नम्बरको मोटर साईकलमा सवार नौवस्ता- २ का करण सिंहको मृत्यु भएको हो । ढुंगा प्रहारबाट मोटर साईकलको पछाडि बसेका बिनोद शाही घाईते भएका छन.। ढुंगा प्रहार गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave A Reply

Your email address will not be published.