हामी नेपाली बेल्जियमको सांगितिक कार्यक्रमका लागि नेपाली कलाकारहरु बेल्जियममा

0

बिसुद्ध सामाजिक अभियान मार्फत नेपाल र नेपालीहरुलाई सहयोग गर्दै आएको हामी नेपाली ग्लोबलको बेल्जियम च्याप्टरले नेपालका ख्याती प्राप्त कलाकारहरुलाई स्टेजमा उतार्दै नयाँ बर्षमा मनाउने तयारी गरेकोछ ।

बेल्जियमको एन्तवेरपेन शहरमा अप्रिल १४ तारिख आयोजना गरिएको सांगितिक हामि नेपाली साँझका लागि कलाकारहरु रमिला न्यौपाने, सन्दिप न्यौपाने र सहिमा श्रेष्ठ बेल्जियम आईपुगेकाछन । कलाकारहरुको टोलिलाई ब्रसेल्स एरपोर्टमा स्वागत गरेको फोटो शेयर गर्दै हामी नेपाली बेल्जियमकी अध्यक्ष अनुजा प्रधान, ग्लोबल डाइरेक्टर गीता लामाले बेल्जियमबासी नेपालीहरुलाई गीत संगीत र न्रित्य गर्दै नयाँ बर्ष मनाउने रमाइलो कार्यक्रममा सहभागि भैदिन अनुरोध गरेकाछन ।

एन्टवेरपेनको मेर्कसेममा रहेको अत्याधुनिक थियटरमा हुने संगीतिक कार्यक्रममा प्रबेश शुल्क १५ युरो राखिएको र स्न्याक्स र पेयको पनि ब्यबस्था रहेको आयोजकहरुले बताएकाछन । नयाँ पुस्ताका चर्चित गायक गायिकाहरुको प्रस्तुती रहने कार्यक्रमलाई ब्यबस्थित र आकर्शक बनाउन हामि नेपाली बेल्जियमको टिम सकृय भएर लागेकोछ । कार्यक्रमको तयारी सम्पन्न भएको आयोजकहरुले बताएकाछन ।

कार्यक्रममा खर्च भएर बाएर बाँकी रहेको रकम नेपालमा परोपकारी काममा खर्च गरिने हामी नेपाली बेल्जियमले जनाएकाछन ।

Leave A Reply

Your email address will not be published.