लागू औषध सहित कोहलपुरमा एकजना पक्राउ

0

तिलक बाबू चैत २९ कोहलपुर ,

कोहलपुर प्रहरिले प्रतिबन्धित लागू औसध – ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ।

मंगलबार इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर, १२ रोहिणी खोलाबाट मुन्ना भनिने जगत केसीलाई लागु औषध सहित पक्राउ गरेको हो ।

लागु औषध ब्राउन सुगर कारोवार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालयको टोलीले मुन्नालाई नियन्त्रणमा लिई तलासी गर्ने क्रममा प्लाष्टिकले लपेटी राखेको अवस्थामा ८० ग्राम लागु औषध ब्राउन सुगर र ब्राउन सुगर नापतौल गर्न प्रयोग गरीने एटोम लेखेको १ थान डिजिटल तराजु, २ थान सिम कार्ड, १ थान किप्याड सादा मोवाईल, १ थान अप्पो कम्पनिको कालो रङमा रहेको टच मोवाईल र लु १२ प २९० नम्वरको पहेलो कालो रङको स्कुटर पनि नियन्त्रणमा लिएको कोहलपुर प्रहरीले जनाएको छ ।

केही दिन अघिमात्र कोहलपुर प्रमुखको जिम्मेवारी पाएका प्रहरी उपरीक्षक ऐन बहादुर मल्लले पत्रकार तथा नागरिक समाजका प्रतिनिधीहरुसँगको भेटघाटका क्रममा नगर क्षेत्रको प्रमुख समस्याका रुपमा लागु औषध दुव्र्यवसनी रहेको जानकारी पाएपछि लागु औषध विरुद्व प्रहरी अभियानमा सक्रिय भएर लाग्ने बताएका थिए ।

नगर क्षेत्रलाई लागु औषध प्रयोगकर्ता तथा कारोवार मुक्त नगरको रुपमा स्थापित गर्न सबै नगरबासिको सहयोग आबस्यक रहेको कोहलपुर प्रहरीले कार्यालयले बताएकोछ ।

Leave A Reply

Your email address will not be published.