कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ह्वात्तै घट्यो

0

काठमाडौं : कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउनेको संख्या ह्वातै घटेको छ । सरकारसँग पर्याप्त खोप भएपनि खोप केन्द्रमा खोप लगाउन जानेको संख्या अत्यन्त न्यून देखिएको हो । 

कोरोनाविरुद्ध खोप अभियान शुरु भएपछि नेपालमा हालसम्म चार करोड ७८ लाख ८२ हजार आठ सय मात्रा आइसकेको छ । 

मन्त्रालयका अनुसार यसमध्ये हालसम्म चार करोड दुई लाख २० हजार चार सय ७२ मात्रा खोप लगाइसकिएको छ ।

केही दिनअघि मात्रै चीनको सहयोगमा ४० लाख मात्रा साइनोभेक खोप आएको छ । भर्खरै कोभ्याक्स सुविधामार्फत अमेरिकी खोप फाइजरको सात लाख ६१ हजार मात्रा भित्रिएको छ । 

हाल केन्द्र, प्रदेश र जिल्ला गरी खोपको एक करोडभन्दा बढी मात्रा मौज्दात रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

लक्षित जनसंख्याको ९० प्रतिशतभन्दा बढी जनसंख्याले पूर्ण खोप लगाइसकेका छन् । ११ वर्षसम्मका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने तयारी छ ।

Leave A Reply

Your email address will not be published.