स्थानीय निर्वाचन : तालमेलको ‘मोडालिटी’बारे सत्ता गठबन्धनमा थप छलफल हुँदै

0

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनले स्थानीय निर्वाचनको तालमेलको मापदण्ड बारे मंगलबार छलफल गर्ने भएका छन् ।

स्थानीय तहका वडा तहसम्म तालमेलको सहमति गरेका दलहरुले त्यसबारे मंगलबार गठबन्धनको बैठकमा थप छलफल गर्ने भएका हुन् ।

प्रदेशदेखि स्थानीयस्तरमै तालमेल र त्यसको मापदण्डबारे सत्तारुढ दल केही समयदेखि छलफलमा रहेका छन् ।

यता तालमेलबारे गठबन्धनको नेतृत्व दल नेपाली कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । डा. शेखर कोइराला पक्षले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिँदै तालमेल हुँदा माओवादीलाई मत माग्न नसकिने जनाएको छ ।

कांग्रेसको संस्थापनइतर पक्षको नेतृत्व गरेका कोइराला पक्षदेखि निरन्तर गठबन्धनविरोधि अभिव्यक्ति आएपछि माओवादी पनि त्यति सन्तुष्ट छैन ।

नेता वर्षमान पुनले माओवादी–एमालेबीच तालमेलबारे छलफल भइरहेको बताइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.