माधव नेपालले गरे ओलीलाई रावणसँग तुलना

0

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी ओलीलाई रावणको संज्ञा दिएका छन् ।

आइतबार काठमाडौंमा समाजवादी प्रेस संगठन, नेपालको प्रथम विस्तारित बैठकमा बोल्दै अध्यक्ष नेपालले ओलीलाई रावणसँग तुलना गरेका हुन् ।

उनले रावण, कंश र शिशुपालले गरेका गल्तीहरु ओलीले गरिरहेको भन्दै ओली कम्युनिष्टको आवरणमा जन्मिएको तानाशाह भएको टिप्पणी समेत गरे ।

उनले हिटलर डेमोक्रेसीको आवरणमा तानाशाह बनेको उदाहरण दिँदै ओलीले पनि त्यही प्रवृति गरिरहेको आरोप लगाए ।

अध्यक्ष नेपालले पछिल्लो समय देशभर नै आफ्नो पार्टीमा कार्यकर्ताहरुको आकर्षण बढेको दाबीसमेत गरे ।

Leave A Reply

Your email address will not be published.