हर्षाेल्लासका साथ होली पर्व मनाइँदै

0

काठमाडौं : काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार फागुपूर्णिमा मनाइँदै छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ ।

यस दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रूपमा एक आपसमा रंग, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लासका साथ मनाइने गरिन्छ ।

किम्बदन्तीका अनुसार त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नाम एक क्रुर राक्षस थिए । उनी नास्तिक भएका कारण भगवानको लीलामा विश्वास गर्दैनथे । उनको प्रह्लाद नामक छोरा थिए, जो भगवान विष्णुको परम भक्त थिए । हिरण्यकश्यपु आफूले आफूलाई बलवान ठाँन्दथे ।

तर उनको पुत्र बुबाको आराधना नगरी विष्णु भगवानको आराधना गर्दथे । त्यो कुरा उनले सहन सकेनन्, उनले जसकारण आफ्नै पुत्रलाई मार्न तयार भए । अन्ततः उनको योजनाअनुरूप हिरण्यकश्यपुले पुत्रलाई अग्निकुण्डमा राखेर मार्नको निम्ति अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादलाई काखमा राखेर अग्ग्नि कुण्डमा बसाए ।

तर अग्निमा बस्दा पनि विष्णु भगवानको प्रार्थना गरेर बसेका प्रह्लादलाई अग्निले भष्म गरेन । उल्टै होलीका भने भस्म भइन् । अन्तमा हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए ।

होलीका दहनकै खुसियाली मनाउन आपसमा रङ र अबिर लगाएर होली पर्व मनाउने परम्परा परापूर्वकालदेखि चलिआएको धार्मिक मान्यता छ ।

बिहीबार पहाड तथा हिमाली क्षेत्रमा मनाइने फागुपूर्णिमा शुक्रबार तराई मधेशमा होलीको रूपमा मनाइँदै छ ।

Leave A Reply

Your email address will not be published.