सैन्य परिचालन सुरु भएदेखि झन्डै चार लाख युक्रेनीहरू रोमानियामा प्रवेश

0

रूसले गत फेब्रुअरी २४ मा यूक्रेनमा सैन्य आक्रमण सुरू गरेदेखि अहिलेसम्म करिब चार लाख युक्रेनी नागरिक रोमानिया प्रवेश गरेका रोमानियाको सीमा प्रहरीले आइतबार जानकारी गराएको छ ।

सीमा प्रहरीले भनेको छ, “फेब्रुअरी २४ देखि यूक्रेनका तीन लाख ९९ हजार ५४२ नागरिकहरू रोमानियामा प्रवेश गरेका प्रहरीको तथ्याङ्कमा देखिएको छ ।” शनिबार मात्र १६ हजार ६७६ जना यूक्रेनीहरू रोमानियामा प्रवेश गरेका पनि प्रहरीले पुष्टि गरेको छ ।

यसैबीच बढी आक्रमणमा भएका स्थानबाट सर्वसाधारणलाई निकाल्ने प्रयास यूक्रेनी अधिकारीहरूले जनाएका छन् ।

आक्रमणमा विशेष गरी दक्षिणी बन्दरगाह साहर मारिउपोल, रुसी सीमासँग नजिकै रहेको सुमी तथा किएभबाहिर रहेका नगर र गाउँहरू बढी प्रभावित भएका छन् ।

Leave A Reply

Your email address will not be published.