माओवादी केन्द्रमा पेचिलो बन्दै पदाधिकारी चयन

0

काठमाडौं : नेकपा माओवादी केन्द्रमा पदाधिकारी चयनको विषय पेचिलो बन्दै गएको छ ।

पदाधिकारी चयन र जिम्मेवारी बाँडफाँटमा विवाद भएपछि स्थगित भएको माओवादी केन्द्रीय समिति बैठक सोमबार बस्दैछ ।

आन्तरिक गृहकार्य नपुगेको भन्दै आइतबारको बैठक सोमबारसम्मको लागि स्थगित गरिएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहालले बैठक स्थगित गरेर विभिन्न विषयमा सहमति जुटाउने प्रयास गरिरहे पनि सहमति भइसकेको छैन ।

गएको शुक्रबारदेखि शुरु भएको बैठकमा एमसीसी, पदाधिकारी चयन, केन्द्रीय समितिलाई पूर्णता दिने, स्थायी समिति गठन, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, स्थानीय तहको निर्वाचनलगायतका विभिन्न एजेन्डामा छलफल भइरहेको छ ।

यी एजेन्डामा सहमति जुटन नसकेपछि आइतबार बस्ने बनिएको बैठक स्थगित भएको हो । सहमति जुट्न नसकेको अवस्थामा अरू एजेन्डालाई थाँती राख्दै केन्द्रीय समितिलाई पूर्णता दिएर बैठक समापन गर्ने विषयमा समेत अध्यक्ष दाहालले छलफल थालेका छन् ।

माओवादीको विधानमा ३ सय १ जना केन्द्रीय सदस्य बनाउने उल्लेख भए पनि अहिलेसम्म २ सय ४६ जना मात्रै बनाइएको छ । यस्तै, केन्द्रीय कार्यालय सञ्चालनका लागि एक समिति गठन हुनेछ ।

Leave A Reply

Your email address will not be published.