सुनसरी, १६ भदौ । सुनसरीको सदरमुकाम इनरुवास्थित नेपाली कांग्रेसको जिल्ला कार्यालयमा बुधबार अज्ञात समूहले आगजनी गरेको छ । साँझ करिब ८/१० जनाको समूहमा आएका व्यक्तिहरुले कार्यालयमा मट्टितेल छर्केर आगो लगाएर भागेको स्थानीयले बताए । आगोलागीपछि घटनास्थल पुगेको प्रहरीले आगो निभाएको थियो । आगलागीबाट कार्यालयमा सामान्य क्षति पुगेको सुनसरी कांग्रेसका सभापति राजीव कोइरालाले जानकारी दिए । घटनामा संलग्नको पहिचान गरी कारबाही गर्न पनि उनले माग गरे ।