शीघ्र एमआरपी बनाउन आग्रह

0

काठमाडौँ, १६ भदौ । राहदानी विभागले आगामी मङ्सिर ८ गतेपछि हस्तलिखित राहदानी अमान्य हुने जनाउँदै जति सक्दो चाँडो यन्त्रले पढ्ने राहदानी (मसिन रिडेबल पासपोर्ट, एमआरपी) बनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
विभागले आज सूचना जारी गर्दै हस्तलिखित राहदानीमा विदेशमा रहेका आफन्तजनलाई सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासमा सम्पर्क गरी एमआरपी बनाउने सूचना प्रवाह गर्न अनुरोध गरेको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को नियमानुसार आगामी नोभेम्बर २४ पछि हस्तलिखित राहदानी अमान्य हुने भएकाले सम्बद्ध सबैलाई एमआरपी बनाउन विभागले अनुरोध गरेको हो ।

Leave A Reply

Your email address will not be published.