प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

0

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी बिलन्केबीच टेलिफोन वार्ता भएको छ ।

मंगलबार साँझ युक्रेनमाथि रूसीले गरेको आक्रमणलगायत विषयमा कुराकानी भएको विदेशमन्त्री एन्टोनीले बताएका छन् ।

विदेशमन्त्री एन्टोनीले सामाजिक सञ्जालमार्फत रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता र भौगोलिक अखण्डताप्रति अमेरिकाको समर्थनबारे प्रधानमन्त्री देउवासँग कुरा भएको बताए ।

उनले आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम गर्न तयार रहेको पनि उल्लेख गरेका  छन् । नेपालको संसदबाट एमसीसी पारित भएपछि अमेरिकी विदेशमन्त्री एन्टोनीले प्रधानमन्त्री देउवासँग टेलिफाेन कुराकानी गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.