नेपालको भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता

0

काठमाडौं : सरकारले छिमेकी देशहरू भारत र चीनसहित कुनै पनि मित्र राष्ट्रविरुद्ध आफ्नो भूभाग प्रयोग हुन नदिनेमा नेपाल प्रतिबद्ध रहेको जनाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको हो । 

नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने मित्र राष्ट्रहरु, दातृ निकाय, क्षेत्रीय एवं अन्तरार्ष्ट्रिय संघ संस्थाहरुप्रति पनि सरकारले आभार व्यक्त गरेको छ । 

मन्त्रिपरिषद्‍ बैठकले राजनीतिक दलहरु, सभामुख र सांसदहरुलाई धन्यवाद व्यक्त गरेको छ । 

‘साथै, यस क्रममा प्राप्त सहयोग र सद्‍भावप्रति सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरु, नागरिक समाज, सञ्चार जगत, बुद्धिजीवी, उद्योगी व्यवसायी सबैमा नेपाल सरकार हार्दिक धन्यवाद व्यक्त गर्दछ’, मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ । 

Leave A Reply

Your email address will not be published.