युक्रेनमा रहेका २४४ नेपाली सुरक्षित गन्तव्यमा पुगे

0

काठमाडौं : रुस र युक्रेन द्वन्द्वबाट प्रभावित २ सय ४४ जना नेपालीहरु सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् ।

रुस –युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार युक्रेन छोडेर पोल्याण्डमा ६० जना, स्लोभाकियामा १२ जान, हंगेरी ४ जना, रोमानियामा १२ जना र माल्डावामा २ जना नेपाली पुगेका छन् ।

पोल्याण्डको सीमामा १ सय ३० जना स्लोभाकियाको सीमा १२ जान, रोमानियाको सीमामा १० जना र माल्डावाको सीमामा २ जना नेपाली दोस्रो मुलुक जान रोकिएका छन् ।

उनीहरु पनि चाडै सिमा पार गर्ने समितिले जनाएको छ । गैरआवासीय नेपाली संघ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायी रुपमा बसोबास गर्दै आएका छन् ।

केही नेपाली पर्ख र हेरको अवस्थामा युक्रेनका विभिन्न सहरमा बसेको समितिले बताएको छ ।

Leave A Reply

Your email address will not be published.