एमसीसी अब कार्यान्वयनको दिशामा अघि बढ्यो : अमेरिका

0

काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन भएकोमा अमेरिकाले स्वागत गरेको छ ।

संसदबाट एमसीसी अनुमोदन भएन लगत्तै काठमाडौंस्थ्ति अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै अब कार्यान्वयनको दिशामा अघि बढेको भन्दै प्रतिक्रिया जनाएको छ ।

विज्ञप्तिमा सम्झौता अनुमोदनसँगै नेपाली नागरिकका लागि थप रोजगारीको सिर्जना हुने, विद्युत् सेवाको आपूर्ति बढ्ने र ढुवानी खर्च घट्ने उल्लेख छ । झण्डै २० वर्षअघि एमसीसीको स्थापना भएयता एमसीसी कम्प्याक्टहरूले विश्वभर नै गरिबी निवारणमा मद्दत गरेको पनि दूतावासको दाबी छ ।

दूतावासको विज्ञप्तिमा यो वर्ष नेपाल र अमेरिका बीचको कुटनीतिक सम्बन्धको ७५औँ वर्ष रहेको उल्लेख गर्दै यी ७५ वर्षमा नेपालमा ठूला परिवर्तनहरू भएका उल्लेख छ ।

अमेरिका र नेपालबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो रहेको दूतावासले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.