कलाकार एवं गायक जयनन्द लामाको निधन

0

काठमाडौं : वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान भक्तपुरस्थित कौशलटारमा लामाको निधन भएको हो ।

बुधबार विहान २ बजे घर अगाडि गाडीबाट ओर्लिने क्रममा लामा लडेका थिए । सोही क्रममा उनको निधन भएको बताइएको छ ।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–२ धार्पाका लामाले एक सयभन्दा बढी चलचित्र र कयौं टेलिश्रृंखलामा अभिनय गरेका छन् ।

लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा शुरू गरेका थिए । लामाका कलकत्ते काइँयो, मुलाको चाना लगायतका गीत नेपाली संगीत बजारमा चर्चित छन् ।

Leave A Reply

Your email address will not be published.