कमल थापाले घोषणा गरे राप्रपा नेपाल, लिङ्देनको चर्को आलोचना

0

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो राजनीतिक भविष्य नै समाप्त पार्ने प्रयास गरेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंका आयोजित पार्टीको औपचारिक घोषणासभामा थापाले लिङदेनले एकपक्षीय ढंगबाट पार्टी संचालन गर्ने र आफूहरुलाई पाखा लगाउने काम गरेपछि बाध्य भएर राप्रपा नेपाललाई नै पुनर्जागृत गरेर जाने निर्णयमा पुगेको समेत बताए ।

उनले आदर्श मानेको राजसंस्थाले गुटलाई साथ दिएपछि त्यसमा पुनर्विचार गर्न पार्टी नेतृत्वसँग गरिएको आग्रहलाई बेवास्ता गरिएपछि नयाँ अभियानको सुरुवात गरेको बताए ।

उनले राप्रपा नेपाललाई छिट्टै राष्ट्रवादी राजनीतिक शक्तिको रुपमा स्थापित गराउने प्रतिवद्धता पनि जनाए ।

अध्यक्ष थापाले राप्रपा नेपाललाई नेतृत्व दिँदै आएका तत्कालिन अध्यक्ष लाक्पा तामाङप्रति आभार व्यक्त गर्दै अव आफूले कहिल्यै धोका नदिने पनि बताए ।

कार्यक्रममा पूर्वमन्त्री राजीव पराजुलीसहितका नेताले कमल थापाको नेतृत्वमा राप्रपा नेपाल मुलुकको भरपर्दाे राजनीतिक शक्तिको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.