एमाले अध्यक्ष ओलीसहितका नेताहरुविरुद्ध अख्तियारमा उजुरी

0

काठमाडौं : नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुविरुद्ध अख्यिार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।

बिहीबार अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेर अनेरास्ववियुले सरकारमा रहँदा केपी शर्मा ओलीसहित तत्कालीन मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको दाबी गर्दै निष्पक्ष छानविनको माग गरेको हो ।

अनेरास्ववियुको तर्फबाट बाग्मती प्रदेश संयोजक दीपक बुढाथोकीको हस्ताक्षरमा बिहीबार आयोगमा दिएको उजुरीमा झापास्थित गिरीबन्ध टी स्टेटको नाममा रहेको हदबन्दीभन्दा बढीको जग्गा राष्ट्रियकरण गर्नुपर्नेमा तत्कालीन प्रधानमन्त्री ओलीले अर्बौं मूल्य पर्ने जग्गा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गराउन सहयोग गरेर नीतिगत भ्रष्टाचार गरेको उल्लेख दाबी गरिएको छ ।

सो प्रकरणमा तत्कालीन भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल लगायतलाई पनि कारबाहीको माग गरिएको छ ।

भ्रमण वर्षको नाममा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले आर्थिक अनियमितता गरेको अनेरास्ववियुको दाबी छ ।

यस्तै स्वास्थ्य सामग्री खरिद प्रक्रियामा तत्कालीन रक्षा मन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल पनि ओम्नीसँगको अनियमितता प्रकरणमा मुछिएकाले निजहरुमाथि छानविन गरी भ्रष्टाचारमा कारबाही गर्न माग गरिएको छ ।

Leave A Reply

Your email address will not be published.