बाइडेन-पुटिन फोनवार्ता : युक्रेनमाथि आक्रमण गरे निर्णायक जवाफ दिने बाइडेनको चेतावनी

0

एजेन्सी : अमेरिकाले रुसले युक्रेनमा आक्रमण गरे वाशिङ्टन र यसका सहयोगीले ‘निर्णायक’ जवाफ दिने चेतावनी दिएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको टेलिफोन वार्ताको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्तो चेतावनी दिएका हुन् ।

एक घण्टा लामो कुराकानीको क्रममा बाइडेनले कुटनीतिक रुपमा समाधान खोज्न अमेरिका तयार रहेको पनि उल्लेख गरेका छन् ।

रुसी राष्ट्रपतिको कार्यालयले भने फोनवार्तालाई सकारात्मक रुपमै लिएको जनाएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले भने पुटिनको अन्तिम मनसायबारे आफूहरु प्रष्ट हुन नसकेको जनाएको छ ।

फोनवार्तापछि रूसले सैन्य कारबाहीमा अगाडि बढ्न सक्ने स्पष्ट सम्भावना रहेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

रुस युक्रेनमाथि आक्रमण गर्ने वाटोमा अघि बढेको उनीहरुको भनाइ छ । रुसले युक्रेन सीमा क्षेत्रमा एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेपछि विवाद बढेको हो ।

पश्चिमा मुलुकले रुसले आक्रमणको तयारी गरिरहेको आरोप लगाएका छन् । तर रुसले त्यसमा सत्यता नभएको बताउदै आएको छ ।

Leave A Reply

Your email address will not be published.