दाहाल-ओली फोनवार्ता : एमसीसीबारे निर्णय लिन दाहालको आग्रह

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले अध्यक्षसँग एमसीसी विधयेकका विषयमा छलफल गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विधयेक अघि बढाउन चाहेपछि त्यसबारेमा दाहालले एमाले अध्यक्ष ओलीको राय लिएका हुन् ।

उनले बिहीबार राति एमाले अध्यक्ष ओलीलाई फोन गरेर ‘एमसीसीका विषयमा औपचारिक निर्णय गर्न आग्रह गरेका हुन् ।

एमाले अध्यक्ष ओलीले भने सत्तारुढ दलको औपचारिक निर्णय आएपछि र संसदमा छलफल अघि बढेपछि एमालेले औपचारिक निर्णय गर्ने बताएका छन् ।

माओवादीले नै पहिले केपी ओलीलाई हटाएरपछि र हटाइसकेपछि चार पाँच महिनामा पारित गर्छौ भनेकाले एमसीसीबारे पहिले आफु स्पष्ट हुनपनि ओलीले दाहाललाई आग्रह गरेका छन् ।

पछिल्लो पटक अमेरिकाले एमसीसी पारित गर्न दवाव दिएपछि अध्यक्ष दाहालले विभिन्न दलका नेतासँग परामर्श गरिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.