एसईई परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म

0

काठमाडौं : यस वर्षको माध्यमिक परीक्षा (एसईई) वैशाख ९ देखि वैशाख २० गतेसम्म हुने भएको छ ।

बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

स्थानीय तहको चुनावलाई ध्यान दिँदै वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको बोर्डले जनाएको छ । 

परीक्षाको समयतालिका भने बिहीबार गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गरिने बोर्डले जानकारी दिएको छ ।

गत वर्ष कोरोना महामारीका कारण जेठ १३ गतेदेखि २४ गतेसम्म भएको थियो ।

Leave A Reply

Your email address will not be published.