राष्ट्रपति भण्डारीबाट वसन्त पञ्चमीको अवसरमा वसन्त श्रवण

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण तथा प्रसाद ग्रहण गरेकी छिन् ।

मंगलबार बिहानको शुभसाइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी हुन् ।

नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए ।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गर्नुका साथै मङ्गलधुन प्रस्तुत गरेको थियो ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, सभामुख अग्नीप्रसाद सापकोटाले पनि वसन्त श्रवण गरी टीका, माला र फूलप्रसाद ग्रहण गरे ।

श्रीमदभागवत पुराणमा उल्लेख भए अनुसार भगवान श्रीकृष्णको खोजीमा रहेका प्रेमिका राधा लगायतका गोपिनीहरुले वसन्त ऋतुको आगमन भएको भन्दै बसन्त रागमा गाएको गीतलाई वसन्त श्रवणको रुपमा सुन्ने चलन छ ।

वसन्त पञ्चमीको दिनदेखि वसन्त ऋतुको सुरूआत हुने र त्यससँगै रुख बिरुवामा नयाँ पालुवा पलाउने गर्छ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले यस दिनलाई ‘वसन्त पञ्चमी’ भन्ने गरिन्छ ।

Leave A Reply

Your email address will not be published.