वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ गर्न श्रम मन्त्रालयमा कल सेन्टर सञ्चालन

0

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ गर्न कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

श्रम मन्त्रालयमा चौबीसै घण्टा सेवा उपलब्ध हुने गरी स्थापना गरिएको कल सेन्टरको आइतबार मन्त्रालयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले सुरुवात गरेका हुन् ।

सो अवसरमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा नेपाली नागरिकलाई अलपत्र पार्ने जो सुकै संस्था वा व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता ब्यक्त गरे ।

कल सेन्टरमा वैदेशिक रोजगारी सम्बन्धि गुनासाहरु निशुल्क फोन, भाइवर, फेसवुक लगाएत बिभिन्न माध्यमबाट टिवाउन सकिने छ ।

कल सेन्टरमा सेवाग्राहीहरुको गुनासो तत्काल सुनुवाई गर्नका लागि ११४१ अर्थात् १६६००१५०००५ निःशुल्क टेलिफोनको व्यवस्था गरिएको छ भने callcenter@feb.gov.np इमेलको पनि व्यवस्था गरिएको छ ।

सो कल सेन्टरमा वैदेशिक रोजगारमा गएकाहरुको गुनासो वा पीडा तत्काल सम्बोधन गर्न प्रहरीको टिम पनि परिचालन गर्ने व्यवस्था गरिएको छ ।

Leave A Reply

Your email address will not be published.