स्थानीय तहको निर्वाचन जेठ महिनाभित्र गर्न सत्ता गठबन्धनको सरकारलाई सुझाव

0

काठमाडौं : स्थानीय तहको निर्वाचन आगामी जेठ महिनभित्र गर्न सत्ता गठबन्धनका दलहरु सहमत भएका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको  सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुको बैठकले जेठभित्र चुनाव गर्ने निर्णय गर्दै सरकारलाई सुझाव दिने निर्णय गरेको हो ।

सरकारले अब निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने मन्त्री कार्कीले जानकारी दिए ।

यस्तै संविधानसँग बाझिएका कानुनहरुलाई संशोधन गर्नुपर्ने भएमा तयारी गर्न सरकारलाई सुझाव दिएको पनि मन्त्री कार्कीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.