युक्रेन पठाउन आठ हजार बढी सैनिक तयारी अवस्थामा रहेको अमेरिकाको दाबी

0

एजेन्सी : अमेरिकाले युक्रेन पठाउनका आठ हजार पाँच सय सैनिक तयारी अवस्थामा राखेको छ ।

रुसले युक्रेनमाथि आक्रमणको तयारी गरिरहेको भन्दै उसले केही हजार सैनिक तयारी अवस्थामा राखेको हो ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेन तनावलाई मध्यनजर गरी सैनिकलाई उच्च सतर्क अवस्थामा राखिएको जनाएको हो ।

रुसले सैन्य गतिविधि गरेमा वा सैन्य गठबन्धन नेटोले ‘र्‍यापिड रियाक्सन फोर्स’लाई सक्रिय बनाउने निर्णय गरेमा मात्रै सेना तैनाथ हुने पेन्टागनको भनाइ छ ।

युक्रेनमा सिधै अमेरिकी सैनिक तैनाथ गर्ने योजना भने नरहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपेली राष्ट्रका नेताहरुसँग साझा रणनीतिबारे छलफल समेत गरेका छन् ।

डेनमार्क, स्पेन, फ्रान्स र नेदरल्याण्ड्ससहितका नेटो सदस्य राष्ट्रहरुले युरोपेली क्षेत्रको सुरक्षा अवस्थामा रुसी जोखिम बढेको भन्दै सुरक्षा मजबुद बनाउन युद्ध विमान लगायतका सामग्री पूर्वी युरोपमा पठाउने तयारी गरेका छन् ।

रुसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरेको अमेरिकासहितका पश्चिमा मुलुकको आरोप छ । उसले युक्रेनसँगको सीमा क्षेत्रमा एक लाख सैनिक तैनाथ गरेको छ । रुसले सैन्य आक्रमणको कुनै योजना नरहेको दाबी गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.