जर्मनीको जलसेना प्रमुखले दिए राजीनामा

0

एजेन्सी : युक्रेनका सम्बन्धमा गरेको टिप्पणीका कारण जर्मनीको जलसेनाका प्रमुखले राजीनामा दिएका छन् ।

जर्मन जलसेना प्रमुख काय एचिम स्चोनबाचले विवादास्पद टिप्पणीका कारण राजीनामा दिनुपरेको हो । उनले युक्रेनमा रुसले सैन्य हस्तक्षेपको योजना बनाएको भन्नु गलत भएको टिप्पणी गरेका थिए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्मान चाहेको उनको भनाइ थियो । तर उनको टिप्पणीलाई लिएर तिब्र आलोचना भएपछि उनले राजीनामा दिएका हुन् ।

अमेरिका र बेलायतसहितका देशले युक्रेनलाई हतियार सहयोग गर्दै आएका छन् । जर्मनीले भने युक्रेनको आग्रहलाई अस्वीकार गर्दै आएको छ ।

रुसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको छ । उसले आक्रमणको योजना बनाएको भन्दै अमेरिका लगायतका देशले आलोचना गर्दै आएका छन् ।

रुसले भने युक्रेनमाथि आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.