बेलायती प्रधानमन्त्री कार्यालयले महारानी एलिजाबेथसँग माग्यो माफी

0

एजेन्सी : बेलायती प्रधानमन्त्री बोरिस जोनसनको कार्यालयले महारानी एलिजाबेथ द्वितीयसँग माफी मागेको छ । राजकुमार फिलिपको अन्तिम संस्कारको अघिल्लो दिन प्रधानमन्त्री कार्यालयमा दुईवटा पार्टी गरिएको सार्वजनिक भएपछि जोनसनको कार्यालयले माफी मागेको हो ।

प्रधानमन्त्री जोन्सनका प्रवक्ताले राष्ट्रिय शोकका बेला पार्टी गर्नु खेदजनक भएको बताएका हुन् । प्रधानमन्त्री कार्यालयमा भएका पार्टीमा प्रधानमन्त्री जोन्सन भने सहभागी थिएनन् ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लागु गरिएको नियम उल्लंघन गरेर पार्टी गरिएको भन्दै आलोचना हुँदै आएको छ ।

राष्ट्रिय शोकका बेला पार्टी गरेको भन्दै प्रधानमन्त्री जोजसन तथा उनका पदाधिकारीको तीव्र आलोचना भएको छ । आलोचना बढेपछि प्रधानमन्त्रीको कार्यालयले माफी मागेको हो ।

कोरोना भाइरसको नियन्त्रणका लागि लागु भएको प्रतिबन्धात्मक नियमकै कारण राजकुमार फिलिपको अन्त्येष्टि महारानी एलिजाबेथ र परिवारका सीमित सदस्यको उपस्थितिमा मात्रै भएको थियो ।

सन् २०२१ को अप्रिल १६ मा भएको पार्टी तीन घण्टाभन्दा लामो समय चलेको थियो । यो सम्बन्धी खबर पहिलो पटक द टेलिग्राफले प्रकाशित गरेको थियो ।

Leave A Reply

Your email address will not be published.