आज ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

0

काठमाडौं : राष्ट्र निर्माता वडामहाजधिराज पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मंगलबार मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सरकारी तहवाट पृथ्वी जयन्ती तथा एकता दिवसका अवसरमा कुनै कार्यक्रम आयोजना गरिएको छैन । तर सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित राष्ट्र निर्माताको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरिँदैछ ।

नेपाली सेनाले पनि सैनिक मुख्यालय जङ्गी अड्डामा अवस्थित राष्ट्र निर्माताको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय गरेको छ । नागरिकस्तरवाट राजधानीको शान्तिवाटिकावाट बृहत र्‍यालीको समेत आयोजना गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि छुट्टै कार्यक्रम आयोजना गरेको छ । नागरिक तहबाट आयोजना हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा मुलुुकका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरु सहभागी हुनो छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह समेत सिंहदरबार अगाडीको पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण कार्यक्रममा सहभागी हुने भएका छन् ।

विक्रम सम्बत १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।

तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूूरदृष्टि व्यक्तिका रुपमा उनको सर्वत्र प्रशंसा हुँदैआएको छ ।

राष्ट्र निर्माताको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा गर्न र विदा दिन समेत माग हुँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.