डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न एनआरएनहरुलाई अर्थमन्त्री शर्माको आग्रह

0

बिदेशमा रहेका गैर आबासीय नेपालीहरुलाई बिदेशी मुद्रा ( डलर ) मा नेपाली बैंकहरुमा खाता खोल्न दिने र त्यसमा बिदेशी मुद्रा सँचिति गर्न पाइने गरी गैर आबासीय नेपाली संघका सल्लाहकार कुल आचार्यको सकृयतामा नेपाल सरकारले नयाँ नियम पारीत गरेको बारेमा जानकारी दिन आज एक जानकारी मुलक अन्तर्कृया कार्यक्रम सम्पन्न भएकोछ ।

गैर आबासीय नेपाली संघ बेलायतले आयोजना गरेको कार्यक्रममा नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्राकृतिक सुन्दरता र सम्पन्नता भएको मुलुकका बसिन्दाहरु अरु देशमा सम्प्नन्नता खोज्न जानु पर्ने अवस्थाको अन्त्य गर्न सरकारले सन २०२५ सम्म नेपाललाई अल्प बिकसित मुलुकबाट बिकासोन्मुख मुलुकमा पुर्याउन काम गरीरहेको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी मन्त्री शर्माले आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन राष्ट्रिय पुँजीको परिचालन र बैदेशिक मुद्राको श्रोत पहिल्याउनु पर्ने र त्यसका लागि सहयोग गर्न एनआरएनहरुलाई आग्रह गर्नु भयो । बिदेशी मुद्राको सँचिती ऋणात्मक भएको हो कि भनेर शंका नगर्न अनुरोध गर्दै एनआरएनहरुको बिदेशी मुद्रा नेपालको अर्थतन्त्रलाई बलियो बनाउन सहयोगी हुने र दुबै पक्षलाई फाईदा हुने बताउनु भयो ।


नेपाल राष्ट्र बैंकका गभर्नर महप्रशाद अधिकारीले बिदेशी मुद्रामा खाता खोल्नको लागि तोकिएको १०,०० डलरलाई घटाएर ५,००० डलर पुराएको र २ वर्षलाई घटाएर १ वर्ष गरिएकोले केहि बैंकहरुले विदेशी मुद्रामा खाता खोल्न शुरु गरिसकेको र यो प्रावधान विदेशमा हुर्की रहेको दोश्रो पुस्तालाई नेपालसंग जोड्ने माध्यम बन्ने आशा पनि व्यक्त गर्नु भयो । कार्यान्वयनका क्रममा केही समस्या आएमा त्यसलाई तत्काल सम्बोधन गरिने आश्वासन पनि दिनु भयो ।


अर्थसचिब मधु अधिकारीले एनआरएनहरु र बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पठाएको रेमिटान्सको अर्थतन्त्रमा ठुलो योगदान रहेको बताउदै, बिदेशी मुद्रामा खाता खोल्न बनाएको नयाँ नियमले एनआरएनहरुको नेपाली मन र नेपाली पनलाई देश सँग जोडी राख्न मद्दत पुग्ने बताउनु भयो ।

नयाँ नियमले देश सँगको सम्बन्ध जीवन्त राख्छ, सम्बन्धको सेतुको रुपमा काम गर्छ भन्ने अपेक्षा रहेको बताउनु भयो, यसरी जम्मा भएको रकमले नेपालमै रोजगारी सिर्जना गर्न मदत पुग्ने, स्वदेशी उत्पादनका लागि लगानी बढाउन उपयोग गर्ने हाम्रो ध्येय छ। देशलाई माया गर्दा बचत सुरक्षित हुने भएकाले व्यापक सहभागिताको लागि एनआरएनहरुलाई अनुरोध पनि गर्नु भयो ।


गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपाल सरकारले ल्याएको नयाँ सुविधाका लागि सरकारलाई धन्यवाद दिंदै यसले संसारभरि रहेका नेपालीहरुलाई नेपालमा खाता खोलेर आफुसंग रहेको बचत नेपाल भित्र्याउन सहज हुने विश्वास व्यक्त गर्नु भयो । संघले स्थापना कालदेखि नै नेपालको समृद्धि र विकासको लागि साझेदारको रुपमा काम गर्दै आएको स्मरण गर्दै नयाँ ब्यबस्थाले एनआरएनहरुको भाबनालाई सम्बोधन गरेको र यसबाट एनआरएन कम्युनिटीलाई देश बिकासमा साझेदार बन्न सहज हुने बताउनु भयो ।

गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार कुल आचार्यले सरकारले गैरआवासीय नेपालीलाई नेपालमै विदेशी मुद्रामा खाता खोल्न दिने नीति बनाएकाले हाम्रो पहलले सार्थकता पाएको भन्दै यसका लागि अर्थमन्त्री शर्मा र नेपाल सरकारलाई धन्यवाद दिनु भयो ।


“गैरआवासीय नेपालीले नेपालकै बैङ्कमा पैसा राख्न पाउँदा विदेशमा निर्व्याजी थन्किएको पैसाले यहाँ ब्याज पाउने र नेपालको विकासमा प्रयोग हुने बताउनु भयो । आचार्यले ब्याज पनि प्राप्त हुने, पैसाको पनि सुरक्षा हुने र रास्ट्रलाई पनि फाइदा पुग्ने यो नियम सबै गैर आवासीय नेपालीहरूका लागी सुनौलो अवसर हो ‘ भन्नु भयो ।
उहाले नेपाली नागरिकताको निरन्तरताको साथै बेलायतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरुको समस्या समाधान गरी उहाँहरुसंग रहेको सीप, पूँजी र ‘गुडविल’ नेपालको विकासमा उपयोग गर्न विशेष नीति ल्याउन पनि आगामी दिनमा सक्रिय रहने प्रतिब्बद्धता दोहर्‍याउनु भयो ।


एनसीसी अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले नेपाल सरकार ले एनआरएन हरुलाई पूँजी र श्रोत को रुपमा हेर्नु पर्ने बताउनु भयो ।

त्यस्तै एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले नेपालमा खाता खोल्न न्यूनतम रकम ५ हजार डलरबाट घटाएर १ हजार डलर गराउन , एनआरएन आइडी कार्ड बाहेक एनसीसीले जारी गरेका अन्य प्रमाणलाई पनि मान्यता दिन अनुरोध गर्नभयो । अध्यक्ष सुवेदीले अमेरिकाले नेपाली उत्पादनलाई दिदै आएको जीएसपी सुविधा २०२० डिसेम्बरमा एक्सपायर भएको भन्दै त्यसको लागि अमेरिकी सरकारसंग पहल गर्न र उहाले नेपालमा अमेरिकी सहयोगमा संचालन गरिने परियोजना एमसीसी नेपालको हितमा भएकाले त्यसलाई चाडै कार्यान्वयन गर्न पनि आग्रह गर्नु भयो ।

गैर आबासीय नेपाल संघका कोषाध्यक्ष महेश श्रेष्ठ , सहकोषाध्यक्ष लोक दाहाल लगायत बिभिन्न एनआरएनए पदाधिकारी र पत्रकारहरुको जिज्ञासाको समाधान गर्दै मन्त्री शर्मा, सचिब मरासिनी र गभर्नर अधिकारीले केही व्याबहारिक समस्या भए समाधान गर्न तत्पर रहेको बताउनु भएको थियो । एनआरएनए एनसीसीहरु अमेरिका, अष्ट्रिया, अस्ट्रेलिया, कतार, क्यानडा, स्पेन, दक्षिण अफ्रिका र दक्षिण कोरिया सह-आयोजक रहेको कार्यक्रमको एनआरएनए बेलायतका अध्यक्ष प्रेम गहमगरको अध्यक्षता र सन्चालन उपाध्यक्ष नारायण कंडेलले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.