प्रतिनिधिसभाको बैठक माघ ३ गतेका लागि सारियो

0

काठमाडौं : पुस २८ गते बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरेको छ । बैठक माघ ३ गतेका लागि सारिएको हो ।

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सोमबार एक सूचना प्रकाशन गरी पुस २८ गते दिउँसो १ बजे बस्‍ने बैठक विशेष कारणबस माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन् ।

नेकपा माओवादी केन्द्रको महाधिवेशनमा सहभागी धेरै सांसदहरूमा कोरोना संक्रमण देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संक्रमित भएपछि घरमै आइसोलेसनमा बसिरहेका छन् । सोही कारण बैठक सारिएको हो ।

यसअघि पनि बैठक बस्दै नबसी स्थगित पुस २८ गतेका लागि सारिएको थियो ।

Leave A Reply

Your email address will not be published.