राप्रपा कोहलपुर नगर द्वारा नगरको दोश्रो बैठक तथा भेटघाट कार्यक्रम सम्पन्न,

0

तिलक बाबु,
कोहलपुर २५, पुस

कोहलपुरमा संगठन विस्तार र सुदृढिकरणमा आक्रामक रुपमा अगाडी बढेको राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार नगर समिति बैठक तथा भेटघाट कार्यक्रम  कार्यक्रम सम्पन्न गरेको छ।

राप्रपा कोहलपुर नगर द्वारा आइतबार सम्पन्न भएको कार्यक्रममा राप्रपा केन्द्रिय सदस्य ऋषिराज देवकोटा क्षेत्र न. १ प्रदेश ख अध्यक्ष लालबहादुर वली, बाँके जिल्ला सदस्य तुलाराज शाही,चन्द्र बिष्ट, चक्र केसी, जंगली थारु लगायत कोहलपुर नगरका १५ वटै वडाका अध्यक्ष र पदाधिकारीहरु उपस्थित रहेको कार्यक्रममा कार्यक्रमको अध्यक्षता राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाहले गर्नु भएको थियो।

संगठन बिस्तार र नगरपालिका भित्रका वडा कार्यसमितिको काम , कर्तव्य र अधिकारको जिम्मेवारी दिदै सम्पुर्ण पदाधिकारीहरुलाई अझै मजबुत ढङ्गले अगाडि बढन अध्यक्ष शाहले आग्रह गर्नु भएको थियो।

साथै राप्रपा नगर कार्यसमितिको उपाध्यक्षमा शेरबहादुर डांगी, गनेश बिष्ट , सचीव पदमा सविता चौधरी र कोषाध्यक्षमा चन्दन सिह ठकुरि सहित ७ जना नगर सदस्यलाई अध्यक्ष शाहले उपस्थित पदाधिकारीको सहमतिमा मनोनीत गर्नु भएको छ ।

पुस २७ गते रहेको पृथ्वी जयन्तीमा सधै झै मनाउदै आइरहेको र यसपटक पनि राप्रपा नगरले पृथ्वी जयन्तीमा अपरान्ह ४ बजे कोहलपुरको चौराहमा उपस्तिथितिको लागि सम्पुर्ण राष्ट्रवादी र राष्ट्र प्रेमी नेता, बुद्धिजीवी ब्यापारी , युवालाई राष्ट्रिय झन्डा सहित उपस्तिथितिको लागि आह्वान गरेको छ ।

Leave A Reply

Your email address will not be published.