सिनेमा हल, रेष्टुरेन्ट जाँदा खोप कार्ड अनिवार्य, आन्तरिक उडानमा पनि कार्ड देखाउनु पर्ने

0

काठमाडौं : कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले धेरै भिडभाड हुने स्थानमा प्रवेश गर्दा खोप कार्ड देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्राललाई सिफारिस गरेको छ ।

बैठकले सार्वजनिक स्थानहरू पार्क, सिनेमा हल, रेस्टुरेन्ट र सपिङ मलमा जाँदा अनिवार्य खोप कार्ड देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

माघ ३ गतेदेखि लागू हुने गरी सार्वजनिक स्थानमा प्रवेश गर्दा खोप लगाएको प्रमाण अनिवार्य देखाउन सिफारिस गरेका सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

राजनीतिक दललाई भेला-कार्यक्रम नगर्न र विभिन्न संघ-संस्थालाई महोत्सवलगायत भीड हुने कार्यक्रम नगर्न सीसीएमसीले आग्रह गरेको छ । भीडभाड हुने सार्वजनिकस्थलमा एन्टिजेन बुथ राख्ने निर्णय पनि सीसीएमसी बैठकले गरेको छ ।

त्यस्तै माघ ३ गतेदेखि आन्तरिक हवाइ उडानमा यात्रा गर्न अनिवार्य खोप कार्डको व्यवस्था गरिएको छ । आन्तरिक हवाइ उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय सीसीएमसी बैठकले गरेको हो ।

Leave A Reply

Your email address will not be published.