प्रधानमन्त्री देउवा २५ गते भारत भ्रमणमा जाने

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर पुस २५ गते भारत भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले देउवाको भारत भ्रमण स्वीकृत गरेको छ ।

भारतको गुजरातमा हुने भनिएको ‘गुजरात ग्लोबल समिट’मा भाग लिन उनी भारत जान लागेका हुन् ।

भारत भ्रमणमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता हुने बताइएको छ । त्यस्तै उच्च राजनीतिक भेटघाट पनि हुने बताइएको छ ।

यसअघि स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर समिट’मा देउवा र मोदीबीच भेटवार्ता भएको थियो ।

Leave A Reply

Your email address will not be published.