गौतम एनआरएन बेल्जियमको अध्यक्षमा निर्वाचित (मत परिणामसहित)

0

ब्रसेल्स, भदौ १४ । एनआरएन बेल्जियमको अध्यक्षमा गंगाधर गौतम निर्वाचित भएका हुन् । हिजो सम्पन्न निर्वाचनमा निकटतम प्रतिद्वन्द्वीभन्दा १ सय ५५ मत बढी ल्याएर गौतम विजयी बनेका हुन् । जम्मा खसेको 1761  मत मध्य गौतमले 836 मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्दी सरु चापागाईले 681 मत प्राप्त थिइन् । जिमी गडुलधोज गुरुङ जिमीले 169 मत प्राप्त गरे ।
त्यसै गरी अन्तररास्ट्रिय समन्वय परिषद सद्स्यमा चिज कुमार श्रेष्ठ 958 मत र नेत्र मगर 842 मत सहित् बिजयी भएका छन । सो पदका अन्य दुई प्रत्यासी किसन केसीले मत 524  र गोपाल सिम्खडाले 651 मत प्राप्त गरेका छन ।
उपाध्यक्ष पदमा पदम गुरुङ 1015  मत,  कृष्ण पौडेल 861  मत र यसोदा सुबेदी  थापा  830 मत सहित् बिजयी भएका छन भने उत्तम अधिकारी 546 मत र नन्दा गुरुङले 773 मत प्राप्त गरेका छन ।
महासचिब पदमा लोक दाहाल 776 मत सहित् बिजयी भएका छन भने अर्का प्रत्यासी यामु निरौलाले 714  मत प्राप्त गरेका छन । सचिब पदमा राकेश कर्माचार्य 726 मत र गोबिन्द सिंह अधिकारी 723  मत प्राप्त गरी बिजयी भएका छन भने राजु थापा 618 मत र रमेश कडेलले 618 मत प्राप्त गरेका छन ।
कोष्याध्यक्षमा आङगमाया लामा 837 मत सहित् बिजयी भएकी छन भने रेनु गुरुङले 654 मत प्राप्त गरेकी छिन । सह कोषाध्यक्ष मा हरीकुमार पाठक , महिला संयोजक पदमा निर्मला बजगाई र सदस्यहरुमा पूर्ण तिमील्सिना , भिम सुबेदी राजु केसी अहमदिन मिया किरण शर्मा कडेल सागर सुब्बा होम बहादुर गुरुङ र महिला सदस्यमा कल्पना मगर, रेना बस्नेत , मुना ताम्राकार ,  साबित्री गिरी  बिजयी  भएका छन ।
नबनिर्बाचित अध्यक्ष गंगाधर गौतमले चारदिशा सँगको छोटो कुराकानीमा बेल्जियमबासी सबै गैर आबसीय नेपालीहरुको हितको लागि आफु सकृय रहेर काम गर्ने र सबैको सहयोग लिएर नेपालको पुनरनिर्माणमा लाग्ने बताए ।साथै मतदानमा सहभागि सम्पूर्ण मतदाता , निर्वाचन समिती पर्यबेक्षक समिती, लगायतक केन्द्रिय पढधिकारी हरु, पर्यबेक्ष्यक स्वयमसेबक, पत्रकार हरु लगायत सबैलाई धन्यबाद ज्ञापन गरेका छन । प्रमुख निर्वाचन आयुक्त बोधराज पौडेलले मतदान प्रकृयामा सहभागि सबैलाई धन्यवाद दिदै बेल्जियमबासी नेपालीहरुको एकता र उन्नतिको लागि काम गर्न आग्रह नब निर्बाचित कार्य समितिलाई शुभकामना दिए ।

Leave A Reply

Your email address will not be published.