एनआरएन बेल्जियमको अध्यक्षमा गंगाधरको जीत सुनिश्चित

0

ब्रसेल्स, १४ भदौ । गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा गंगाधर गौतम जीत लगभग सुनिश्चित बनेको छ । मत परिणाम गन्न थोरै बाँकी रहेको अवस्थामा गौतमको जीत निश्चितजस्तै बनेको हो । गौतमले निकटम प्रतिद्वन्द्वी सरु चपाईभन्दा ६० मतले अगाडि छन् । गडुलध्वज गुरुङले ८३ मत मात्र प्राप्त गरेका छन् । आईसीसी प्रतिनिधिमा चीजकुमार श्रेष्ठ र नेत्रबहादुर श्रेष्ठ अगाडि छन् ।
यस्तै उपाध्यक्षमा पदम गुरुङ, कृष्ण पौडेल, महिला महिला उपाध्यक्षमा यसोदा सुवेदी (थापा) महासचिबमा लोक दाहाल, सचिवमा गोविन्द सिंह अधिकारी, राकेश कर्माचार्य अगाडि देखिएका छन् । कोषाध्यक्षमा आङमाया लामा, सहकोषाध्यक्षमा धर्मराज पाठक, सदस्य खुल्ला तर्फ निर्मला बजगाई, अन्य सदस्यहरुमा राजु केसी, भीम सुवेदी, पूर्ण तिमिल्सिना, किरण शर्मा, सागर सुब्बा होम गुरुङ, अहमद दिन मिया, रेना बस्नेत, कल्पना मगर, सावित्री गिरी र सुमित्रा गुरुङ अगाडि देखिएका छन् ।

Leave A Reply

Your email address will not be published.