राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेद्वारी दर्ता हुँदै

0

काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता हुँदैछ । आगामी माघ १२ गते हुने १९ पदका लागि हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले मंगलबार उम्मेदवारी दर्ताको समय निर्धारण गरेको हो ।

निर्वाचनमा भाग आयोगमा लिन १२ वटा राजनीतिक दलले दल दर्ता गरेको छ । निर्वाचनका लागि दल दर्ता गराउनेमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, प्रजातान्त्रिक जनता पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र नेपाल परिवार दल रहेका छन् ।

बुधबार उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने समय छ । २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने समय निर्धारण गरिएको छ ।

२५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।

आगामी माघ १२ गते तोकिएको मतदान केन्द्रमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

राष्ट्रियसभामा रिक्त हुन लागेको एमालेका आठ, कांग्रेसबाट तीन, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट चार–चार स्थान गरी १९ पदमा निर्वाचन हुन लागेको हो ।

आयोगले निर्वाचनका लागि प्रदेशसभा सदस्यहरु ४ सय ३२ तथा पालिका प्रमुख र उपप्रमुखहरु १४ सय ९३ गरी कुल २ हजार २५ जना मतदाता हुने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.