यी पाँच प्रकारका बिरामीले पाउँदैछन् कोभिडविरुद्ध खोपको अतिरिक्त मात्रा

0

काठमाडौं : सरकारले ५ प्रकारका बिरामीलाई मात्र कोभिड–१९ विरुद्धको खोपको अतिरिक्त मात्रा दिने निर्णय गरेको छ ।  

मध्यम तथा गम्भीर प्रकारका रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई, सक्रिय क्यान्सर रोगीलाई, अंग प्रत्यारोपण गरेका व्यक्तिलाई, एचआइभी भएका बिरामीलाई, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधी सेवन गरिरहेका बिरामीलाई अतिरिक्त मात्रा दिइने बताएको छ । 

त्यस्तै भेरोसेल तथा सिनोफार्म खोप लगाएका ६० वर्ष र सो भन्दा माथिल्लो उमेरका व्यक्तिलाई अतिरिक्त खोपको मात्रा दिइने छ ।  

सोमबार सूचना जारी गर्दै सरकारले खोप लगाएको ३ महिना पुगेकालाई पहिले जुन खोप लगाएको त्यही खोपको अर्को मात्रा दिइने जनाएको छ । खोप लगाउन खोप कार्डसहित स्वास्थ्य संस्थामा सम्पर्क राख्न भनिएको छ ।

No description available.
Leave A Reply

Your email address will not be published.