पाल्पामा मलामी बोकेको बस दुर्घटना, सात जनाको मृत्यु

0

काठमाडौं : बुटवलबाट गुल्मीको रिडी जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

शव लिएर दाहसंस्कारका लागि जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दिकोट भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ८ जना घाइते भएका छन् । ती मध्ये करिब ६ जना गम्भीर घाइते भएका छन् । उनीहरुको उपचारका लागि तानसेन ल्याएको र बाँकीको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

बसमा करिब ३५ जना मलामी सवार रहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.