अङ्ग्रेजी नयाँ वर्ष सन् २०२२ आजदेखि सुरु

0

अङ्ग्रेजी पात्रोअनुसार नयाँ वर्ष सन् २०२२ आजदेखि सुरु भएको छ ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन्)काे सुरुवात भएको भनाइ रहेको छ ।

पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए ।

विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको मानिन्छ । विवाद भए पनि उपनिवेशकालमा विभिन्न ठाउँमा यो सम्वत् लगाएकाले अहिले यसको विश्वव्यापी प्रचार छ ।

ईस्वी सम्वत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न ठाउँमा अङ्ग्रेजी नयाँ वर्ष मनाउने गरिएको छ ।

विदेशी पर्यटकको भीडभाड हुने काठमाण्डौको ठमेल, बौद्ध, पोखरा, सौरहा, लुम्बिनीलगायत ठाउँमा हिजो ‘न्यू इयर इभ’ का कार्यक्रम भएका छन् । आज पनि पर्यटकीय ठाउँमा चहलपहल छ ।

Leave A Reply

Your email address will not be published.