निर्वाचन नभएसम्म सदनको अवरोध जारी राख्ने ओलीको चेतावनी

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन नभएसम्म सदनको अवरोध जारी राख्ने चेतावनी दिएका छन् ।

शनिबार विराटनगरमा पुगेका अध्यक्ष ओलीले छिट्टै चुनाव गर्नुको विकल्प नभएको भन्दै त्यतिबेलासम्म एमालेले सदन अवरोध जारी राख्ने चेतावनी दिएका हुन् । उनले माधव नेपालको पार्टीलाई बोलाएसम्म सर्वदलीय बैठकमा पनि सहभागी नहुने बताए ।

सरकारले हालसम्म एमसीसीको बारेमा आफ्नो नीति ल्याउन नसकेको भन्दै आलोचना गरेका अध्यक्ष ओलीले सत्ता गठबन्धन नै संकटमा परेको जिकिर गरे । उनले एमसीसीबारे पहिले सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताए ।

गठबन्धन दलभित्रका एमसीसीबारे पार्टीहरूको आआफ्ना छुट्टै नीति भएकाले अन्योल बनेको अध्यक्ष ओलीको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.