अमेरिकाले विभिन्न ८ अफ्रिकी मुलुकमाथिको यात्रा प्रतिबन्ध हटाउने

0

एजेन्सी : अमेरिकाले विभिन्न ८ अफ्रिकी मुलुकमाथिको यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको छ । 

शुक्रबार अमेरिकाको ह्वाइट हाउसले गत महिना कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण नियन्त्रणको लागि भन्दै लगाइएको भ्रमणको प्रतिबन्ध हटाइने बताएको हो । 

अमेरिकाले लगाएको भ्रमणको प्रतिबन्धको कारण ८ अफ्रिकी मुलुकमा अड्किएका विदेशी नागरिकहरुले डिसेम्बर ३१ पछि अमेरिका आउने अनुमति पाउनेछन् । 

अमेरिकाले नोभेम्बर २९ मा ८ अफ्रिकी मुलुकबाट आउने सबैजसो सबै विदेशी नागरिकमाथि प्रतिबन्ध लगाएका थियो । 

ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो । सोही भेरियन्टको संक्रमण फैलिने डरले दक्षिण अफ्रिकी क्षेत्रका मुलुकहरूमाथि विश्वका धेरै मुलुकले प्रतिबन्ध लगाएका थिए । 

अहिले ओमिक्रोन भेरियन्टसहितको संक्रमण विश्वका धेरैजसो मुलुकमा फैलिसकेकाले बिस्तारै अफ्रिकी मुलुकमाथिको प्रतिबन्ध पनि हट्ने क्रम सुरु भएको छ ।

Leave A Reply

Your email address will not be published.