नेपाली काँग्रेस केन्द्रीय समिति बैठक मङ्गलबार बस्ने

0

काठमाडौँ, १३ भदौ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आगामी मङ्गलबार बस्ने भएको छ ।
पार्टीको आगामी १३ औँ महाधिवेशन निर्धारित समयमा हुने कि नहुने भन्ने अन्योल बढेको बेलामा केन्द्रीय समितिको बैठक बस्न लागेको हो । बैठकमा संविधान निर्माण, सीमाङ्कनको विषयलाई लिएर तराई–मधेसमा भइरहेको आन्दोलन, पार्टीको आसन्न १३औँ महाधिवेशन, सभासद् अमरेशकुमार सिंहको स्पष्टिकरण जवाफलगायत विषयमा छलफल हुने बताइएको छ ।
काँग्रेसको १३ औँ महाधिवेशन आगामी असोज २ देखि ५ गतेसम्म र त्यसअघि यही भदौ १७ गतेदेखि गाउँ, नगर, वडा अधिवेशन तोकिएको भएपनि पार्टी संविधान लेखन प्रक्रियामा व्यस्त रहेका कारण खासै तयारी गरेको देखिएको छैन ।
झण्डै एक महिनाभन्दा बढी समयको अन्तरालमा हुन लागेको बैठक मङ्गलबार बिहान ८ बजे संविधानसभा भवनको ल्होत्से हलमा बस्ने पार्टी कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले राससलाई जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.