५ रेक्टर स्केलको पराकम्प

0

आइतबार बेलुका भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका ७ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको कदमबासमा केन्द्रबिन्दु रहेको ५ रेक्टर स्केलको पराकम्पन आएको हो । लामो समयपछि आएको यति ठूलो पराकम्पन वरिपरिका जिल्लाका साथै काठमाडौंमा समेत महसुुस भएको थियो ।
स्थानीयहरु क्षति हुने डरले सुरक्षित स्थलतर्फ लागेका थिए । यसअघि बिहान ८ बजेर २६ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको तथा बिहान ३ बजेर ९ मिनेटमा धादिङ केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बैशाख १२ को गोरखा भूकम्पपछि ४ रेक्टर स्केलदेखि माथिका ३ सय ८७ वटा पराकम्पन आइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.