सर्वदलीय बैठक बालुवाटारमा जारी, एमालेद्वारा बहिष्कार

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । पंमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिष्कार गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अनुपस्थितिमा नै बैठक शुरु भएको हो । एमालेले यसअघि नै बैठकमा सहभागी नहुने बताइसकेको थियो ।

बैठकमा बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी रहेका छन् ।

यस अघि बालुवाटारमा सत्तारुढ गठबनन्धनको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी थिए । 

प्रधानमन्त्री देउवाले संसद सुचारु गर्ने लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । 

Leave A Reply

Your email address will not be published.