नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलको डिसेम्बर २५ मा साधारण सभा हुने,

0

नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलले २५ डिसेम्बर शनिबारका दिन संगठनको वार्षिक साधारण सभा हुने जानकारी गराएकोछ । सन् २००९ मा स्थापना भएको मोर्चाले नेपालको दलाल संसदीय ब्यवस्थाको कारण विश्वका विभिन्न मूलुकमा पुगेका नेपालीहरुको हकहित र नेपालमा संसदीय ब्यबस्थाको अन्त्य गरी बैज्ञानिक समाजवादको स्थापनाको संघर्षमा एेक्यबद्धता जाहेर गर्दै पोर्तुगलमा पनि नेपालीहरुका विविध खाले समस्यामा समाधानको लागि सशक्त भूमिका निर्वाह गर्दै आएको छ ।

आगामी हप्ता हुने मोर्चाको वार्षिक साधारण सभामा नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमूख क. कन्चनले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली जनप्रगतिशिल मोर्चा पोर्तुगलले जनाएकोछ । साधारण सभाको उद्घाटन सत्रमा कार्यक्रममा सहभागिताका लागि मध्यपूर्व, मलेशिया, जापान, हंगकंग, भारत, अमेरिका र यूरोपभरका मोर्चाका पदाधिकारी प्रतिनिधिहरुलाई निमण्त्रणा गरिएकोछ । त्यसै गरी पोर्तुगल स्थित राजनीतिक तथा सामाजिक संघ संस्थाहरुलाई सहभागीताको लागि निमन्त्रणा गरिएको संगठनका प्रतिनिधिले जनाएका छन ।

कोरोनाका कारण कार्यक्रम भरच्युअल माध्यमले सन्चालन गरिनेछ । संगठनको नियमित कार्यक्रम अन्तर्गत आयोजना गरिएको ऊक्त कार्यक्रममा सम्पूर्ण संघ संगठनका प्रतिनिधी, शुभचिन्तक तथा आम नेपाली जनसमुदायलाई उपस्थित हुन मोर्चाले आव्हान गरेकोछ।

Leave A Reply

Your email address will not be published.